हुडाँर - Under Construction

नमस्ते, म दुइटा हात दुइटा खुट्टा भएको मान्छे, एउटा पुच्छर जोडी दियो भने पशुपति स्वोयमभूका बादर झैँ देखिने, आफैले आफैलाई सर्बश्रेष्ठ भनि पृथ्वीको राज गद्दीमा मोज गरि बसेको र आफ्नो हैकम चलाएर विश्वविध्वंस मचचाइ रहेको प्राणी हु।  म नै भगवान हु ,म नै सृस्तीकर्ता हु,  म नै राजा हु , म नै दादा हु । यो संसार मा कसै को राज चल्छ भने त्यो केवल मेरै हो। ज्ञान, सिर्जना र अनुसासनको उत्क्रिस्ट  नमुना मै हु ।

म सेक्स्पेअर पनि हु, भिन्ची पनि हु।  तपाई ले त अझै मलाई के के देख्नु होला, भलादमी, ज्ञानी, विद्वान, अनि अरु के  के के के तर, त्यो भन्दा बढी त तपाइले मलाई देख्नु नै हुन्न किन भने हाड छाला भन्ने कुरो म मा छ । यो यो हाड छाला भन्ने कुरो  पनि अजिब छ, तपाई मान्नु हुन्न होला तर मलाई चिन्न मेरो हाड छाला सबै खुर्कनु पर्छ, छाला तासेपछी मात्रै मेरो असलियत देख्नुहुनेछ। मलाई ढाकछोप गर्ने छाला अदभुत छ, यसले मेरो करंग मासु मात्र होइन म भित्र रहेको कालो घिनलाग्दो फोहोर  अन्धकार लाइ पनि छोपछाप पारेर मेरो देहबाट उज्यालो मोतीको ज्योति प्रबाह गर्न मद्धत गर्छ जसको चमकले म जोसुकैलाई आफूतिर आकर्षण गर्न सक्छु, यति मात्र नभएर मबाट निस्केको दिव्य प्रकाश देखेर कुरै संका रहदैन कि म प्रकशरुपी बिबेकसिल ज्ञानी बुद्धिमानी नै हु भनेर। आम मान्छे को त कुरै छाडौ ,ठुला ठुला विद्वान महात्माहरुपनि झुक्किनछन मलाई चिन्न,  यो सब छाला कै कमाल हो। अझ किरिम पाउडर घसेर अत्तर को खुस्बुदार बास्ना महकाइदियोभने त मेरो घिनलाग्दो कालो मन र  सडेको दिमाग केवल एउटा कल्पना मात्र  हो भन्ने लाग्छ।
गाइ भैसीले घास पराल खान्छन म आफ्नै इस्ट मित्र दाजु भाइ दिदि बैनी खान्छु, उनीहरुकै आसुको धाराले मेरो प्यास मेटिन्छ। अरुलाई रुवाएर मज्जाले पेट मिची मिची हास्ने मेरो बानि छ, त्यसैमा मलाई मज्जा छ, आराम छ। 
कोहिले प्रगति गरेर एक खुड्किला माथि चड्ने चालामाला देखायो भने त्यो भन्दा पहिले मेरो हात त्यसको खुट्टा तान्न पुगिसक्छन। मेरो आखा पनि गज्जबको छ, कसैले प्रगति गरेको हेर्नै हुदैन ठुला ठुला राता राता भइहाल्छ, चिलाउन थालिहाल्छ। म प्रगतिबाद को घोर बिरोधि हु, पुष माघ को जाडोमा बिकाश र परिबर्तन भन्ने सब्द भएका सब्दकोश सबै बटुलेर चौरमा जम्मा पारि पेट्रोल छर्केर दन दन्ति आगो बाली घुर ताप्ने र बिनाश र विध्वंस भन्ने सब्द मात्रै राखेर राम्रा  राम्रा  टल्कने खोल भएका  नया सब्दकोश निकालिनु  पर्ने मेरो तर्क छ। स्कुल कलेज युनिभर्सिटी सबमा ताला ठोकेर बिद्यार्थीहरुलाई चोरी ठगि छली लडाई र मारकाटको पाठ सिकाउनु पर्ने मेरो धारणा छ।  मेरो बिचारमा संसारका  सब पेन्सिल कलम भाचीदिनुपर्छ र ज्ञानगुन का किताब सब च्यात चुत पारेर बागमतिमा सेलाई सबलाई हातमा भाला खुकुरी तरबार बन्दुक गोलि बम बारुद भीडाएर युद्धकलाको राम्रो ज्ञान दिइनुपर्छ। सोझा साझालाई निमोठ नामठ ठोक ठाक परेर उनीहरुको दुख पौरख परिश्रममा रम्नुको आनन्दको बारेमा ज्ञान सबलाई दिनु पर्छ भने मेरो ठम्याई छ।
बरु ढुङ्गोमा माया दया होला तर मेरो मनमा माया दया भेट्टाउन सुर्य पश्चिमबाट उदाउनु पर्छ , दिनमा तारा झुल्किनु पर्छ। बरु बुङ्गोले अर्काको भलाई गर्ला, मेरो हातबाट त्यो असम्भब छ बरु घर भत्काउन प्रयोग गरिने ठुला ठुला मिसिन भन्दा छिटो म अरुको घर बिगार्न सक्छु, बुलडोज़र भन्दा छिटो अर्काको जिन्दगि भत्काउन  सक्छु, आगोले भन्दा छिटो छिटो अर्कालाई जलाउन सक्छु। 
Sushant Gautam

Sushant Gautam

No comments:

Post a Comment

Powered by Blogger.