पुरानो स्कुलमा फर्कंदा : एक अनुभव :: Under Construction


बिहान ठ्याक्कै ७:३० बजेको रहेछ आखा खुल्दा|  नित्यकर्म सकेर यसो भान्छा तिर लम्केको, आमाले म उठेको सुइँको पाइओरि गिलासमा चिया हाली कागती निचर्दै हुनुहुँदो रहेछ| एक मुस्कान दिएर गिलास लिएर कोठामा फर्के| ड्रयरमा गोल्डेन कूकिज थियो; बटर फ्लेवरवाला| अस्ति रति एउटीलाई गफ हान्दै आदि पुरिया भ्याएको थिए, बाँकिलाई चियामा डुबाउँदै निले| सिरानी मुनिबाट मोबाइल निकालेर अनलकगरि ओपेरा मिनीको ‘ओ’ आइकनमा ट्वाक्क हाने, लोड हुने बित्तिक्कै होम स्क्रिनमा रहेको फेसबुकको लोगो क्लिक गरेको साढे चार सेकेन्डपछि निउज फिड देखियो| निउज फिड त आज मन्दिरभन्दा चर्को रहेछ: खै के के संस्कृतका श्लोकहरु र फोटाहरुले भरिपुर्ण| मैले हिजो कलेज जाँदा डाटा चलाउँदा पैसा कम काटोस भनेर सेटिंगसमा ‘सो लेस डाटा’ गरेकाले फोटो देखिएका थिएनन् | फिडको सरररर दर्शन गरेर अन्त्यको एक श्लोक नियालेर हेर्न खोजेको, खासै बुझिएन; मेरो मोबाइलमा युनिकोड टुटेफुटेको देखिन्छन्| श्लोक हाल्ने विद्वानहरु को को रहेछन आज भनेर फेरी स्क्रोल अप गरे; आफ्नै साथीभाई रहेछन| आज यी पट्ठाहरु कसरि आयो संस्कृत भनेर सोच्न खोज्दै थिए, आँखाले टुटेफुटेको ‘सरस्वती’ भन्ने शब्द ठम्यायो | अनि बल्ल घैंटामा घाम लाग्यो : आज त सरस्वती पुजा पो हो त|
अतितका सरस्वती पुजाहरु संझे: बिहानै ४ बजे उठेर नुहाएको, स्कुल गएर तोरण टाँगेको, प्रसाद प्याक गरेको, मंच बनाएको, नाचगान गरेको| धत् ! लास्टै अल्छि भइएछ भन्ने सोच्दै एक टुइट हानिदिए :

बिहान ७:३०मा उठेर चिया नास्ता सकेर न्युज फीडमा फोटाे देखेपछी याद आयो : आज त सरस्वति पुजा पो हो त !!
— Sushant Gautam (@eSushant) February 13, 2016

फेरी एक मनले भन्यो: अब त ठुलो भइयो, कहाँ जिन्दगि बच्चा जस्तै चल्छ र ? कलेज पढ्ने हिरोले पनि सरस्वती पुजामा गएर धुप बत्ति बालिराक्छन् र ?, यस्तो सुविचारले मन मस्तिस्क भरिदियो| “स्कुल जाँदैनस ? छिटो तयार हो|” आमाले भान्छाबाटै कराउनु भयो | अर्को तनाब थपियो : हिजो बेलुका खानाखाँदा पहिला पढेको स्कुलका प्रिन्सिपलले फोन गरेर सरस्वती पुजा कार्यक्रममा निम्ता गरेका थिए, मैले भुसुक्कै बिर्सेछु | 

Sushant Gautam

Sushant Gautam

No comments:

Post a Comment

Powered by Blogger.